Logo

ग्लोवल आईएमई र अलनिमाबीच सहकार्य, साउदीबाट रेमिट्यान्स पठाउन सहज बनाउने उद्देश्य

ग्लोवल आईएमई र अलनिमाबीच सहकार्य, साउदीबाट रेमिट्यान्स पठाउन सहज बनाउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको अलनिमाको इरसल मनि ट्रान्सफर सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ । साउदी अरेवियाबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यका साथ सहकार्य गरिएको बताइएको छ ।

सेवा सुरु भएसंगै अबसाउदी अरेवियामा रहेका नेपालीहरुले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिल्यैसंग पैसा पठाउन सकिने। यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने बताइएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीयाल लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL