Logo

हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, व्याज आम्दानीमा बृद्धि

हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो, व्याज आम्दानीमा बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा ९० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले सो अवधिमा निक्षेप संकलन तथा कर्जा परिचालन दुवै बढाएको छ । चैत मसान्तसम्ममा ८० अर्ब ८७ करोड रुपैयाँ कर्जा संकलन गरी ६५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त कर्जा परिचालनबाट बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा बृद्धि भएको हो । सो अवधिमा बैंकको व्याज आम्दानी २६ प्रतिशतले बढेको छ ।

यसैगरी बैंकले विदेशी मुद्रा कारोवार बाट हुने आम्दानीमा पनि उच्च बृद्धि गरेको छ । गत आवको ९ महिनामा ३१ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा ४३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

सो अवधिमा बैंकको खरावकर्जा अनुपात भने बढेको छ । गत आवको चैत मसान्तसम्ममा खराव कर्जा कुल कर्जा प्रवाहको २ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा २ दशमलव ९८ प्रतिशत पुगेको छ । तर, बैंकले सो अवधिमा प्रति सेयर आम्दानी भने बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL