Logo

महोत्तरीमा सनराइजको तेस्रो शाखारहित बैंकिङ, जनस्तरमा बैंकिङ सेवा पुर्याउन सहयोग

महोत्तरीमा सनराइजको तेस्रो शाखारहित बैंकिङ, जनस्तरमा बैंकिङ सेवा पुर्याउन सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले महोत्तरी जिल्लामा तेस्रो शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सो जिल्लाको कान्तिबजारमा उक्त सेवा शुरु गरेको हो ।

विहीबार एक कार्यक्रमबीच कान्तिबजार राष्ट्रिय क्याम्पसका प्रमुख मुकुन्द राज महतो र स्थानीय समाजसेवी राजेन्द्र सिंह कुशवाहाको उपस्थितिमा बैंकका नायव महाप्रबन्धक आशा राणा अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा राणाले स्थानीय स्तरका जनता समक्ष बैकिङ पहुँच पुर्याउन उक्त सेवा प्रदान गरिएको बताइन् ।

बैंकिङ सेवा नपुगेका ठाउँमा बैंकले शाखा रहित बैंकिङ सेवाबाट जनस्तरमा पहुँच पुर्याउँदै आएको छ । उक्त माध्यमबाट बचत तथा भुक्तानी लगायतका बैंकिङ सेवा लिन सकिन्छ ।

हाल बैंकको देशभर ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले यस अघि काभ्रे जिल्लाको मंगलटार र झापाको बाहुनडाँगीमा शाखा रहित बैंकिङ सेवा संचालनम ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL