Logo

बैंक अफ काठमाण्डू र लुम्बीनीको मर्जर, सेयर स्वाप रेसियो १०० र ८२

बैंक अफ काठमाण्डू र लुम्बीनीको मर्जर, सेयर स्वाप रेसियो १०० र ८२


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । लामो समय पछिको छलफल पश्चात बैंक अफ काठमाण्डू र लुम्बीनी बैंकबीच मर्जर हुने भएको छ । यी दुई संस्थाबीच मर्जरमा जानका लागि सेयर स्वाप रेसियो नै तय भैसकेको छ ।
जस अनुसार लुम्बीनी बैंकको प्रतिकित्ता सेयर मुल्य १ सय हुँदा विओकेको ८२ रुपैयाँ कायम हुने भएको छ ।  । यी दुई संस्थाबीच मर्जर सम्झौता भएको ६ महिना पछि सेयर स्वाप रेसियो निर्धारण गरी अन्तिम टुङ्गोमा पुग्न लागेका हुन् । हाल बैंक अफ काठमाण्डूले लुम्बिनी बैंकसँगको मर्जर प्रक्रिया पुरा गराउने गरि साधारण सभा आह्वान गरेको छ ।
राष्ट्र बैंकले ल्याएको चुक्ता पूँजी बृद्धिको निर्णयसँगै यी दुई संस्था एक आपसमा मर्जरमा जान लागेका हुन् । मर्जसँगै बैंकको शाखा संख्या ६९ र एटीएम संख्या ६२ पुग्ने छ । हाल बीओकेको ५१ वटा शाखा संचालमा छन् भने लुम्बिनीको १८ वटा शाखा सञ्चालनमा छन् । हाल बिओकेको ५७ तथा लुम्बिनीको ५ वटा एटिएम काउण्टर सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL