Logo

एनआईसी एसिया बैंक र केड कम्पनीबीच छुट सम्झौता, डिजिटल भुक्तानीमा ग्राहकले २० प्रतिशत छुट पाउने

एनआईसी एसिया बैंक र केड कम्पनीबीच छुट सम्झौता, डिजिटल भुक्तानीमा ग्राहकले २० प्रतिशत छुट पाउने



काठमाडौं । एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार केड कम्पनीबाट सामान खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफस्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीतर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL