Logo

जनता बैंकको नाफा सवाँ ९ करोडले बढ्यो, व्याज आम्दानीमा बृद्धि

जनता बैंकको नाफा सवाँ ९ करोडले बढ्यो, व्याज आम्दानीमा बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंकले चालू आवको पहिलो ९ महिनामा २२ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ करोड १० लाख रुपैयाँले बढी हो । बैकले गत आवको सोही अवधिमा कुल १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिमा व्याज आम्दानीमा समान्य बृद्धि गरेको छ । बैंकले गत आवको सो अवधिमा ४७ करोड रुपैयाँ व्याज आम्दानी गरेकोमा चालू आवको चैत मसान्तमा ५३ करोड २५ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकले सो अवधिमा २२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ । बैंकको खराव कर्जा पनि सामान्य घटेको छ । हाल बैकको खराव कर्जा कुल कर्जा प्रवाहको १ दशमलव २३ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL