Logo

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालन गर्ने

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालन गर्ने



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्