Logo

एभरेष्टको नाफा स्थिर, ९ महिनामा कमायो १ अर्ब २० करोड

एभरेष्टको नाफा स्थिर, ९ महिनामा कमायो १ अर्ब २० करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अन्य बैंकले नाफामा उच्च बृद्धि गरिरहेको वेला एभरेष्ट बैंकको भने सुस्त रहेको छ । बैंकले चालू आवको पहिलो ९ महिनामा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जन नाफ अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड रुपैयाँले मात्र बढी हो ।

बैंकको व्याज आम्दानीमा गिरावट आएसँगै खुद नाफामा असर परेको हो । यो वर्ष बैंकको संचालन नाफा, संचालन आम्दानी, शुल्क तथा कमिशन आम्दानीमा गिरावट आएको छ । तर, सो अवधिमा बैंकको संचालन खर्च तथा कर्मचारी खर्चमा पनि गिरावट आएको छ ।

बैंकले सो अवधिमा कुल ७६ खर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । बैंकको कर्जा परिचालन अधिल्लो वर्षको तुलनामा गिरावट आएको छ । यसैगरी खराज कर्जा सामान्य घटेर कुल कर्जा प्रवाहको जिरो दशमलव ६३ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL