Logo

एभरेष्ट बैंक र जुम कार्पोरेसनबीच बैंकिङ साझेदारी, सुरक्षित रुपमा रेमिट्यान्स भित्र्याउन सकिने

एभरेष्ट बैंक र जुम कार्पोरेसनबीच बैंकिङ साझेदारी, सुरक्षित रुपमा रेमिट्यान्स भित्र्याउन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अमेरिकाको जुम कर्पोरेसनसँगको साझेदारीमा डिजिटल मनी ट्रान्सफर (रेमिट्यान्स) सेवा शुरु गरेको छ । अमेरिका बाट आधुनिक बैंकिङ सेवालाई विस्तार गर्दै लैजाने क्रममा साझेदारी गरिएको बताइएको छ ।

एभरेष्ट बैंकले नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको र यसरी आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउने प्रतिवद्घतालाई अझ विस्तार गर्दै जाने क्रममा जुमसँग साझेदारी गरेको हो ।

सो सहकार्यले देशमा कुल गार्हस्थ उत्पादनको समानुपातिक हिस्सा बराबरको रकम नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याउन सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के.अहलुवालियाले बताए ।

यसरी रेमिटान्स पठाउन चाहने ग्राहकहरुले अमेरिकी डलर १ हजार पठाए वापत जम्मा अमेरिकी डलर ४ दशमलव ९९ शुल्क संयुक्त साझेदार जुम कर्पोरेसनलाई बुझाउनु पर्नेछ । यसरी पठाएको रकम अमेरिकी बैंक खाता मार्फत पठाएमा अमेरिकी १ हजार डलर भन्दा माथिको रकममा शुल्क लाग्ने छैन । जुम कर्पोरेसन पेपल सर्भिस अमेरिकाको प्रमुख डिजिटल मनी ट्रान्सफर कम्पनी हो ।

जसले पैसा पठाउन, बील भुक्तानी तथा परिवार तथा आफन्तको मोबाईलको रिचार्ज वापतको भुक्तानी गर्न मोबाईल फोन, ट्यावलेट वा कम्प्यूटर मार्फत सुरक्षित, द्रुत र शुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ । इच्छुक ग्राहकले कर्पोरेसनको वेवसाइट डब्लुडब्लुडब्लु डट जुम डट कममा जानकारी दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL