Logo

हिमालयन र सिभिलको एकिकृत कारोबार फागुन १२ गतेबाट, ४ दिन सेवा बन्द

हिमालयन र सिभिलको एकिकृत कारोबार फागुन १२ गतेबाट, ४ दिन सेवा बन्द



काठमाडौं । आगामी १२ गतेदेखि हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोबार सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादीबाट एकिकृत कारोबार हुने भएको हो ।

हिमालयन बैंकका सम्पूर्ण शाखा कार्यालयहरु सिस्टम अपग्रेसन तथा डेटा माईग्रेसनका लागि फागुन ८ गते सन्ध्याकालिन काउन्टर सेवा, १० गते बुधबार र १५ गते बिहीबा बन्द रहने भएको छ ।

सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु ८ गते सोमबार देखि ११ गते बिहीबारसम्म बन्द रहने छन् । सिभिल बैंक लिमिटेडका शाखा कार्यालयहरु आइतबार सुचारु रहने छन् ।

सो अबधिमा हिमालयन बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्