Logo

लक्ष्मी बैंकको नाफा ८८ प्रतिशतले बढ्यो, ९ महिनामा साढे ४७ करोड कमायो

लक्ष्मी बैंकको नाफा ८८ प्रतिशतले बढ्यो, ९ महिनामा साढे ४७ करोड कमायो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । यस अघि विवरण प्रकाशित गर्ने बैंकहरुले ६० प्रतिशतसम्म नाफामा बृद्धि गरेकोमा लक्ष्मीले ८८ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकले चालू आवको ९ महिनामा ४७ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २२ करोडले बढी हो । आवको सो अवधिमा बैंकले २५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको व्याज आम्दानीमा उच्च बृद्धि भएसँगै खुद नाफा बढ्न गएको हो ।

बैंकले सो अवधिमा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको खरावकर्जा अनुपात कुल कर्जा प्रवाहको १ दशमलव २८ प्रतिशत रहेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी १९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL