Logo

ग्लोबल आइएमई र नेशनल बैंकबीच सहकार्य, साउदी बाट क्वीक पे मार्फत पैसा पठाउन सक्ने

ग्लोबल आइएमई र नेशनल बैंकबीच सहकार्य, साउदी बाट क्वीक पे मार्फत पैसा पठाउन सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको नेशनल कर्मसियल बैंकको क्विक पेय सेवासँग मिलेर रेमिट्यान्स पठाउन शुरु गरेको छ । रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यका साथ नेशनल कर्मसियलसँग सहकार्य गरिएको बताइएको छ ।

यो सेवा सुरु भएसंगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले नेशनल कर्मसियल बैंकको क्विकपेय सेवाका १ सय ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिलैसँग पैसा पठाउन सक्नेछ बताइएको छ ।

यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु, आइएमई रेमिट्यान्सका एजेन्टहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ ।

ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL