Logo

ईन्भेष्मेन्टले कमायो १ अर्ब ८३ करोड नाफा, ब्याज आम्दानीमा बृद्धि

ईन्भेष्मेन्टले कमायो १ अर्ब ८३ करोड नाफा, ब्याज आम्दानीमा बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ईन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकल १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले ब्याज आम्दानी र संचालन मुनाफा बढाएर खुद नाफा आर्जनमा बृद्धि गरेको हो । सो अवधिमा बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । गत आवमा प्रति सेयर आम्दानी ४२ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवमा ३३ रुपैयाँ ६७ पैसामा झरेको छ । सो अवधिमा बैंकको खराव कर्जा अनुपात घटेर कुल कर्जा प्रवाहको जिरो दशमलव ७८ प्रतिशतमा झरेको छ ।

भर्खरै मात्र बैंकले जारी गरेको एफपीओबाट संकलित प्रिमियमबाट आएको रकमबाट जगेडा कोष भने दोब्बरले बढेको छ । प्रिमियमबाट संकलित झण्डै ५ अर्ब रुपैयाँ थपिदा बैंकको जगेडा कोषमा ९ अर्ब ८८ करोड रुपैयाँ रहन गएको छ । बैंकले सर्वसाधारणमा ९१ लाख कित्ता सेयर प्रिमियम मुल्यमा जारी गरेको थियो ।

बैंकले सो अवधिमा १ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL