Logo

ग्लोवल आइएमई बैंकको नयाँ शाखा दमौलीमा, शाखा संख्या ९० पुग्यो

ग्लोवल आइएमई बैंकको नयाँ शाखा दमौलीमा, शाखा संख्या ९० पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिति तनहँुको दमौलीमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपाल ले उद्धघाटन गरे ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले तनहुँ जिल्लामा धेरै पहिलेदेखि ग्लोबल आइएमई बैंकको आवश्यकता महसुस भई आएको कारण बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले दिदै आएको सेवा सुविधाको सन्र्दभमा प्रकाश पारेका थिए । दमौलीको शाखासंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९० पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका साथ बिभिन्न स्थानमा शाखा कार्यालय, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह पुगेको छ । ९० वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९५ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन । त्यस्तै बैंकको ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको बताइएको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL