Logo

ग्लोवलद्धारा इपिएस परिक्षाको शुल्क संकलन सेवा प्रदान, देशभर १० स्थानमा काउन्टर

ग्लोवलद्धारा इपिएस परिक्षाको शुल्क संकलन सेवा प्रदान, देशभर १० स्थानमा काउन्टर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातौँ इपिएस कोरियन भाषा परिक्षाको लागि देशभरका बिभिन्न स्थानहरुमा काउण्टर स्थापना गरेर परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।  बैंकले यस बर्ष काठमाण्डौँ उपत्यकामा महेन्द्र आदर्श बिद्याश्रम, सातदोबाटो, ल्यावरटरी स्कल किर्तिपुर, च्यासल खेलमैदान, बालकुमारी, नेपाल वेद विद्यााश्रम संस्कृत मा.वि., गौशाला र काठमाण्डौँ भ्याली स्कुल, महाराजगञ्ज गरि ५ स्थानमा काउन्टर स्थापना गरेको छ ।

त्यस्तै उपत्यका बाहिर पोखरा, बुटवल, धरान, जनकपुर र डडेलधुरामा गरि ५ स्थानहरुबाट भाषा परिक्षा फारम बुझाउने व्यवस्था मिलाइएको बताइएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्ने सुरुवातकाल देखि नै ग्लोबल आइएमई बैंक एकमात्र बैंक हो । बुधबार देखि सुरु गरिएका सेवा शनिबारसम्म सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL