काठमाडौं । एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंक्एसुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउनेछन् ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटीएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।