Logo

बंगलादेशको बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, संचालन खर्च घट्यो

बंगलादेशको बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, संचालन खर्च घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बंगलादेशले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो नाफामा ३७ प्रतिशतले बृद्धि गरेको छ । चालू आवको ९ महिनामा बैंकले ७० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले कुल ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले निक्षेप संकलन तथा कर्जा परिचालन बढाएसँगै नाफामा बृद्धि भएको हो । बैंकले निक्षेप संकलन २१ प्रतिशतले बढाएको छ भने कर्जा परिचालन २४ प्रतिशतले बढाएको छ । सो अवधिसम्ममा ३५ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट व्याज आम्दानीमा २७ प्रतिशतले बद्धि गरेको छ । सो अवधिमा बैंकले कुल ९७ करोड रुपैयाँ व्जाज आम्दानी गरेको देखिन्छ ।

बैंकले सो अवधिमा संचालन खर्च भने घटाएको छ । गत आवको तुलनामा बैंकले संचालन खर्च ५ प्रतिशतले घटाएको देखिन्छ । गत आवको ९ महिनामा २० करोड संचालन खर्च भएकोमा चालू आवको सोही अवधिमा १९ करोड रुपैयाँमात्र भएको छ । बैंकले सो अवधिमा विदेशी मुद्राबाट हुने कारोवारमा समेत ३७ प्रतिशतले बढाएको छ ।

यसैगरी, निष्कृय कर्जा समेत सामान्य घटाएको छ । बैंकले निष्कृय कर्जा कुल कर्जा प्रवाहको १ दशमलव ९३ प्रतिशतबाट घटाएर १ दशमलव ६३ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL