Logo

ग्लोबलले कमायो ९ महिनामा १ अर्ब नाफा, खराव कर्जा घटायो

ग्लोबलले कमायो ९ महिनामा १ अर्ब नाफा, खराव कर्जा घटायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अधिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशले बढी हो । बैंकले गत आवको सोही अवधिमा कुल ८१ करोड रुपैयाँ नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पूँजी २३ प्रतिशतले बढेर ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको व्याज आम्दानी बढेसँगै समग्र नाफामा बृद्धि भएको हो । बैंकले चैत मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै २० प्रतिशतले बढी हो ।

यसैगरी बैंकले आफ्नो खराव कर्जा समेत घटाएको छ । गत आवको चैत मसान्तमा बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको २ दशमलव ५५ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा १ दशमलव ९३ प्रतिशतमा झारेको छ ।

सो अवधिमा बैंकको कर्जा प्रवाह झण्डै ४४ प्रतिशतले बढेको छ । चालू आवको चैतसम्ममा बैंकले ५७ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी निक्षेप संकलन पनि १२ प्रतिशतले बढाएर ६४ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ । हाल बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL