Logo

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न, लेखापरिक्षक नियुक्त

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न, लेखापरिक्षक नियुक्त



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आब २०७८/७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । सो आबमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL