Logo

मेगा र पश्चिमाञ्चलको संयुक्त कारोबार शुरु, बुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना

मेगा र पश्चिमाञ्चलको संयुक्त कारोबार शुरु, बुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मेगा बैंकमा पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि आजबाट एकिकृत कारोवार शुरु भएको छ । सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने बताए ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर आजबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । ‘यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको छ,’ अध्यक्ष शाहले भने ।

मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा निर्धारण गरी मर्जर गरिएको थियो । मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने शाहले जानकारी दिए । बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले वुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको समेत उनको भनाइ थियो ।

मेगा बैंकका सिइओ अनिलकेशरी शाहले पश्चिमाञ्चलको मर्जरसँगै अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुल्ला गरेको बताए । मर्जरसँगै मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ । कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने सिइओ शाहले जानकारी दिए ।

मर्जरपछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यसैगरी निक्षेप ३१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २५ अर्ब रुपैयाँ रहेको छ । आगामी दिनमा मेगाले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ, १ हजा ३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL