Logo

मुक्तिनाथको नाफा ५६ प्रतिशतले बढ्यो, चैतसम्ममा २५ करोड कमायो

मुक्तिनाथको नाफा ५६ प्रतिशतले बढ्यो, चैतसम्ममा २५ करोड कमायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथा विकास बैंकको नाफा ५६ प्रतिशतले बढेको छ । बैंकले चालू आवको चैत मसान्तसम्म कुल २५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कुल १६ करोड रुपैयाँ मात्र आम्दानी गरको थियो । बैंकले अघिल्लो आर्थिक बर्षमा ३१ प्रतिशत बोनस दिएर पूँजी बृद्धि गरेको थियो ।

बैंकले सो अवधिमा व्याज आम्दानीमा उच्च बृद्धि गरेको छ । गत आवको सो अवधिमा ३४ करोड रुपैयाँ व्याज आम्दानी गरेको मुक्तिनाथले आलू आवमा ४८ करोड रुपैयाँ पुर्याएको छ । गत बर्षको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी ३५ रुपैयाँ ७१ पैसा रहेको बैंकको यसपटक ३९ रुपैयाँ ४९ पैसा पुर्यान सफल भएको छ ।

बैंक आफैले चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको बैंकले चालू आवमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL