Logo

व्याज आम्दानीमा बृद्धिसँगै सेञ्चुरीको नाफा ७ करोडले बढ्यो, चैत मसान्तमा कमायो २३ करोड

व्याज आम्दानीमा बृद्धिसँगै सेञ्चुरीको नाफा ७ करोडले बढ्यो, चैत मसान्तमा कमायो २३ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सेञ्चुरी बैंकले २३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे ४३ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा १६ करोड रुपैयाँ मात्र खुद आम्दानी गरेको थियो ।

बैंकको व्याज आम्दानी बढेसँगै नाफामा बृद्धि भएको हो । त्यसैगरी सो अवधिका झण्डै २ करोड रुपैयाँ खराव कर्जा असुली गरेको छ । बैंकले चैतसम्म ६१ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकले हालसम्म २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । २ अर्व ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले २०७४ असार मसान्तसम्म वोनस सेयर, हकप्रद र मर्जरबाट पुँजी ८ अर्ब रुपैयाँ र्पुयाउने पुँजी योजना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL