Logo

भुकम्प सम्झदै एभरेष्टले गर्यो रक्तदान कार्यक्रम,सामाजिक उत्तरदायित्वको उत्कृष्ट माध्यम

भुकम्प सम्झदै एभरेष्टले गर्यो रक्तदान कार्यक्रम,सामाजिक उत्तरदायित्वको उत्कृष्ट माध्यम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले गत बर्षको भुकम्पको सम्झाना गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारी लगायत ग्राहकहरु गरी १ सय भन्दा बढीले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले रक्तदानको महत्व औल्याए । साथै रक्तदान सामाजिक उत्तरदायित्व निभाउने एक उत्कृष्ट माध्यम भएको बताए ।

एभरेष्ट बैंक आफ्नो सामाजिक दायित्व प्रति सदैव सचेत रहदै विभिन्न समयमा विपन्न असाहाय तथा पिडितहरुलाई सहयोग पु¥याउदै आएको छ ।

एभरेष्ट बैंकको हाल ६१ वटा शाखा सञ्चालनमा छन् । त्यस्तै रु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL