Logo

सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, प्रभु बैंकमा मर्ज हुने प्रस्ताव पारित

सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, प्रभु बैंकमा मर्ज हुने प्रस्ताव पारित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब काठमाण्डौंमा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८-७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८-७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्व र कर्जा रकम रु. ८७.४५ अर्व परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL