Logo

सानिमाको नाफा ६० प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६७ करोड कमायो

सानिमाको नाफा ६० प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६७ करोड कमायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ६० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सो अवधिमा निक्षेप संकल तथा कर्जा प्रवाह दुवै बढाएको छ । निक्षेप संकलन ३४ प्रतिशतले बढाएको छ भने कर्जा प्रवाह ३२ प्रतिशतले बढाएको छ । सो अवधिमा कुल ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकल गरेको छ भने ३६ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । व्याज आम्दानी बढेसँगै बैंकको नाफा बढेको वित्तीय विवरणले देखाएको छ ।

बैंकले सो अवधिमा प्रति सेयर आम्दानी पनि बढाएको छ । गत आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी २२ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवको सो अवधिमा २९ रुपैयाँ ५१ पैसा पुयाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL