Logo

सिटिजन्स बैंक १० औं वर्षमा प्रवेश, तेस्रो त्रैमासमा कमायो साढे ७२ करोड

सिटिजन्स बैंक १० औं वर्षमा प्रवेश, तेस्रो त्रैमासमा कमायो साढे ७२ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा झण्डै ५९ प्रतिशतले बढी हो । बैंकले गत आवको चैत मसान्त सम्ममा ४५ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको गैर बैंकिङ सम्पती विक्री भएसँगै नाफामा उच्च बृद्धि भएको हो । यसैगरी, सो अवधिमा ब्याज आम्दानी बढ्नुका साथै खरावकर्जा समेत उठेको छ । बैंकले सो अवधिमा ४४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

sejon

बैंकले गत आर्थिक वर्षमा जलविद्युत क्षेत्रमा १ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको ९ औं वाषिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा. शंकर शर्माले जानकारी दिए । बैंकले हालसम्म १ हजार १ सय ५४ वटा साना तथा मझौला कर्जामा लगानी गरेको छ । जसमा ५ अर्ब ५ करोड रुपैयाँ लगानी गरेको शर्माले जानकारी दिए । यस्तै, फास्ट ट्रयाक अन्तरगत २ हजार ९ सय परियोजना लगानी गरेको छ । बैंकले एक गाउँ एक उत्पादन अन्तरगत ६६ वटा परियोजनामा झण्डै १० करोड रुपैयाँ लगानी गरेको छ ।

हाल बैंकले ५६ वटा शाखा तथा ८९ वटा शाखा रहित बैंकिङ तथा ४६ वटा  एटीएममार्फत ग्राकहलाई सेवा दिँदै आएको छ । हालसम्म बैंकले ३ लाख ७२ हजार सर्वसाधारणलाई बैंकिङ सेवा दिइरहेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई ५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । जस अन्तरगत नेपाल आर्थिक पत्रकार समाज (सेजन) मार्फत पत्रकार सञ्जय न्यौपानेको उपचारको लागि १ लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL