Logo

सिटिजन्स बैंक र मनकामना डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा ४० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र मनकामना डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा ४० प्रतिशतसम्म छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सम्झौता भएको छ ।

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई अस्पतालमा विशेष छुट दिने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL