Logo

एभरेष्टले मोबाइल बैंकिङमार्फत रेमिट्यान्स भित्र्याउने, घरबाटै पैसा पठाउन सकिने

एभरेष्टले मोबाइल बैंकिङमार्फत रेमिट्यान्स भित्र्याउने, घरबाटै पैसा पठाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मोबाईल÷ईन्टरनेट बैंकिङमार्फत रेमिट्यान्स भित्र्याउन भएको छ । उक्त व्यवस्था अनुसार पञ्जाव नेशनल बैंकका शाखाहरु तथा पञ्जाव नेशनल बैंकका प्रतिनिधिहरु कहाँ नगई मोबाईल तथा ईन्टरनेट बैंकिङ सुविधामार्पmत नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

एभरेष्ट मोबाईल÷ईन्टरनेट बैंकिङ सुविधामार्पmत ईन्डो नेपाल रेमिट्यान्स भित्र्याउने पहिलो बैंक भएको छ । यस्तो सजिलो तथा सुलभ रेमिट्यान्स पठाउने माध्यमबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिने बैंकले विश्वास गरेको छ ।

आधुनिक बैंकिङ्ग सेवालाई विस्तार गर्दै लैजाने क्रममा यस भन्दा पहिला बैंकले ईन्डो नेपाल रेमिट्यान्समार्फत नेपालका विभिन्न ठाउँहरुमा द्रुत गतिमा सुरक्षित रुपले रेमिट्यान्स भित्र्याइरहेको थियो ।

हाल एभरेष्ट बैंक लिमिटेडले आफ्नो उच्च व्यवसायिकता तथा दक्षताका साथ देशमा विस्तृत रुपमा फैलिएको आफ्नो आन्तरिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा पुर्याउँदै आएकोछ । एभरेष्ट बैंकले आफ्ना ६१ वटा शाखा, ५ वटा एक्स्टेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८४ वटा एटीएमका साथै देश विदेशमा रहेका सैयौं प्रतिनिधिहरु मार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएकोछ ।

पञ्जाव नेशनल बैंक एभरेष्ट बैंकको संयुक्त लगानीकर्ता साझेदार रहेको भारतको ठूलो राष्ट्रिय बैंक हो । भारतमा यसका ६ हजार ६ सय ३५ शाखा तथा ८ हजार व्यवसायिक प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL