काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगानीकर्तालाई लाभांश नदिने घोषणा गरेको छ । बैंक नियामकीय व्यवस्था अनुसार नचलेपछि राष्ट बैंकको प्राबधान अनुसार यसपटक पनि आफ्ना लगानीकर्तालाई लाभांश दिन नपाएको हो ।
एनआईसी एसियाले पूँजी प्रयाप्तता अनुपात नपुर्याएपछि राष्ट्र बैंकले यस पटक लाभांश वितरणमा रोक लगाएको हो । सोही अनुरुप एनआईसी एसिया बैंकले आजै सुचना जारी गर्दै लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन नसकिने जानकारी दिएको हो ।
अघिल्लो आर्थिक वर्षमा पूँजी प्रयाप्तता अनुपात कायम नगरेको भनेर राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो । तर आर्थिक वर्ष २०७८/७९ मा पनि उक्त पूँजी कोष कायम गर्न नसकाले लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको हो ।
आब २०७८/७९ को असोज मसान्तसम्म तोकिएको प्राथमिक पूँजी प्रयाप्तता अनुपात साढे ८ प्रतिशत कायम गर्न बैंक असफल भएको थियो । सोही अनुरुप बैंकले गत आर्थिक वर्षमा बैंकले बर्ष दिनभरी नै कर्जा विस्तार गर्न सकेको छैन । बरु कर्जा घटाएको छ ।
हालै मात्र राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई निमय विपरित कर्जाको ऋणीहरु माथि थोपरिएको प्रिमियम वापतको अर्बौं रुपैयाँ रकम फिर्ता गर्न लगाएपछि सेयरधनीलाई वितरण गर्ने नाफा प्रभावित भएको छ ।