Logo

इन्भेष्टमेण्टको सेयरमा नपरेको पैसा आजबाट फिर्ता, बजारमा ३० अर्ब आउने

इन्भेष्टमेण्टको सेयरमा नपरेको पैसा आजबाट फिर्ता, बजारमा ३० अर्ब आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको एफपीओमा नपरेको पैसा आजबाट फिर्ता गर्न सुरु गरिएको छ । आइतबार बाटै लगानीकर्तालाई पैसा फिर्ता दिन शुरु गरिएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको नागरिक लगानी कोषमा कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।

उनका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्सको खाता भएका आवेदकको पैसा भने सोही खातामै जम्मा गरिने भएको छ । ती वाहेक अन्य संस्थाबाट लगानीकर्ताहरु भने सेयर नपरेको पैसाको चेक र सेयर परेको अर्धकट्टी लिन आवेदन दिएको स्थानमा नै जानु पर्ने छ ।

बैंकले गत फागुन ११ देखि १४ गतेसम्म बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ निष्काशन गरेको थियो । कुल ५ अर्ब ४० करोड रुपैयाँको एफपीओ माग गरिएकोमा ३५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको थियो । एफपीओमा नपरेको पैसा फिर्ता गर्न शुरु गरेसँगै बजारमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम आउने छ ।

१ लाख ६१ हजार १ सय २० आवेदकहरुले ५० हजार भन्दा कमको सेयर माग गरेका थिए भने ५६ हजार ५ सय ४२ आवेदकले ५० हजार भन्दा बढीको सेयर माग गरेका थिए । एफपीओ बाँडबाँडबाट साना लगानीकर्तालाई ३२ दशमलव ४७ प्रतिशत सेयर पाएका छन् थिए भने ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत मात्र सेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL