काठमाडौं । एभरेष्ट बैंकले प्रस्ताव गरेको कुल २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले मंसिर २६ गते २८औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांशलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८-७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। ९ अर्ब ४६ करोड ७३ लाख ४० हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
गत वर्षको तुलनामा बैंकले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७७-७८ सम्मको सञ्चित मुनाफाबाट बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष सुरु भएको पाँच महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी लाभांशलाई वितरणयोग्य बनाएको हो ।
सभाले पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको अधिकृत पूँजी रू। १० अर्बबाट ढाएर रू। १५ अर्ब पु¥याउने प्रस्ताव समेत सभाले पारित गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् ।