Logo

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण



काठमाडौं(जस)–माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतका उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । डा.महतो ‘गैर आवासीय नेपाली संघ’का संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL