Logo

यस्तो ६ माछापुच्छेको ८ अर्ब पूँजी योजना, बोनश र ५० प्रतिशत राइट

यस्तो ६ माछापुच्छेको ८ अर्ब पूँजी योजना, बोनश र ५० प्रतिशत राइट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माछापुच्छे बैंकले चुक्ता पूँजी बृद्धिको नयाँ योजना सार्वजनिक गरेको छ । जनता बैंकसँगको मर्जर प्रक्रिया भङ्ग भएपछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनको लागि योजना सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको योजना अनुसार बोनश सेयर वितरण र हकप्रद (राइट) सेयरबाट चुक्त पूँजी बृद्धि गरिने भएको छ । जस अनुसार पहिलो पटक २ बरावर १ र दोस्रो पटक ७ बरावर १ हकप्रद सेयर वितरण गरिने भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७१/७२ मा १६ प्रतिशत बोनश सेयर र त्यस पछिका २ वर्षमा ११ प्रतिशतले बोनस सेयर वितरण गरिने भएको छ । बैंकले बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी बृद्धि गर्ने लक्ष्य लिएपनि मर्जर तथा एक्विजिशनको बाटो पनि खुला नै राखेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

machhepurche-bank

प्रतिक्रिया दिनुहोस्
MBL