Logo

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने



काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ ।

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधा ले मद्दत गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This