Logo

कृषि पेसालाई सम्मानित पेसा बनाउने मुक्तिनाथ विकास बैंकको अभियान

कृषि पेसालाई सम्मानित पेसा बनाउने मुक्तिनाथ विकास बैंकको अभियान



काठमाडौं । गाउँको उत्पादन सहरमा,सहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारीलाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकसित गराउने अभियान सुरु गरेको छ ।

पहिलो चरणमा स्याङ्जा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.,कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाएको छ ।

मुक्तिनाथ विकास बैंक लि.तथा मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित आम जनभेलामा सम्बन्धित गा.पा.तथा न.पा.प्रमुख,उपप्रमुख,वडाध्यक्ष,स्थानीय बुद्धिजीवी,समाजसेवी, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्