Logo

जनताको ३१ औं शाखा चितवनमा, थप ३ शाखा विस्तार गर्दै

जनताको ३१ औं शाखा चितवनमा, थप ३ शाखा विस्तार गर्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादाता

२९ मंसिर, काठमाडौं । जनता बैंकले चितवनको नारायणगढमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबारदेखि चितवनमा ३१ औं शाखा संचालनमा ल्याएको बैकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

शाखाको उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भट्टराईले गरेका हुन् । बैंकिङ्ग सेवा विस्तार गरी देश विकासमा योगदान गर्ने उद्देश्य अनुरुपमा बैंकले हालसम्म ३१ वटा शाखा, २ वटा एक्सटेन्सन काउण्टर र २७ वटा एटीएम संचालन गरेको छ । बैंकले ९० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निकट भविष्यमै दार्चुला जिल्लाको गोकुलेश्वर, रसुवा जिल्लाको टिमुरे र दाङ्ग जिल्लाको घोराहीमा समेत शाखा सञ्चालन गर्ने बताएको छ । बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बैंकले बताएको छ ।

हालसम्म बैंकले २० अर्व ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १७ अर्व ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL