Logo

रावा बैंकका सीईओले गरे पदभार ग्रहण, आर्थिक रुपान्तरणमा सहयोग गर्ने प्रतिवद्धता

रावा बैंकका सीईओले गरे पदभार ग्रहण, आर्थिक रुपान्तरणमा सहयोग गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका श्रेष्ठले मंगलवार बैंकका उच्चस्तरका प्रबन्धहरुको सहभागीतामा पदभार सम्हालेका हुन् । उक्त अवसरमा उनले देशको ठूलो र पूर्ण सरकारी राष्ट्रिय वाणिज्य बैङ्कबाट देशको आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्रिभुवन विश्व विद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका श्रेष्ठले यस अघि नेपाल बैक लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL