Logo

सेन्चुरी बैंकका लगानीकर्ताले ५ प्रतिशत लाभांस पाउने, २ करोड ३८ लाख नगद वितरण गर्दै

सेन्चुरी बैंकका लगानीकर्ताले ५ प्रतिशत लाभांस पाउने, २ करोड ३८ लाख नगद वितरण गर्दै



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको बुधबार बेलुका बसेको संचालक समितिको ३ सय ७२ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले गत आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट २०७९ अषाढ मसान्तसम्म कायम चुक्ता पुँजी ५ प्रातिशत लाभांस वितरण गर्ने भएको हो । जसमध्ये ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १ सय ९८ रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने४५ करोड ३८ लाख १० हजार ६ सय ८६ रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशत अर्थात २ करोड ३८ लाख ८४ हजार ७ सय ७३ रुपैयाँ नगद लाभांस वितरण गर्न लागेको बैंकले जानकारी दिएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्