Logo

नेपाल एसबिआई बैंकद्धारा लाभांश घोाषणा, बोनसमा भन्दा नगदमा जोड

नेपाल एसबिआई बैंकद्धारा लाभांश घोाषणा, बोनसमा भन्दा नगदमा जोड



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८–७९ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हनेछ ।

प्रतिक्रिया दिनुहोस्