Logo

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत



काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत भएको छ । यी दुवै बैंकको संचालक समितिको मंसिर १३ गते बसेको बैंठकले एक आपसमा गाभ्ने गाभिने प्रकृयाका क्रममा पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको हो । यी दुबै बैंक १००ः ९० को अनुपातमा मर्ज हुन लागेको छ । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छन् ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । बैंक संचालक समितिको अध्यक्षको रुपमा भने पृथ्वी बहादुर पाँडे रहेछन्। यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा भने ज्योति प्रकाश पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी रुपैयाँ अर्ब रुपैयाँ पुग्नेछ । जुन सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक बन्नेछ ।

जगेडा कोष २२ अर्ब ३५ करोड २२ लाख ६ हजार र खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् । मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्