काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ ।
आइतबार उक्त भवनमा पूजा पाठ गरी बैंकिङ्ग कारोवार संञ्चालन गरिएको छ ।
हाल कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको छ ।
सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दैै आईरहहेको छ ।