Logo

एभरेष्ट बैंकले ल्यायो पर्यटन प्रवद्र्धन गर्ने क्यालेण्डर, बन्यजन्तु र चराचुरुङ्गी समावेश

एभरेष्ट बैंकले ल्यायो पर्यटन प्रवद्र्धन गर्ने क्यालेण्डर, बन्यजन्तु र चराचुरुङ्गी समावेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले नेपालका विभिन्न बन्यजन्तु र चराचुरुङ्गीलाई विषयबस्तु बनाएर २०७३ सालको क्यालेण्डर (पात्रो) सार्वजनिक गरेको छ । यस अघि सास्कृतिक तथा पर्यटकीय महत्व झल्किने खालका विषयबस्तु समावेश गरेकोमा यस पटक बन्यजन्तु र चराजुरुङ्गी समावेश गरेको हो ।

उक्त क्यालेण्डरलाई पर्यटन सचिव प्रेमकुमार राइले एक कार्यक्रमबीच बिमोचन गरेका हुन् ।  बैंकले देशको संस्कृति र पर्यटन जगेर्नातर्फ चासो देखाएकोमा प्रसंशा गर्दै यस्तो प्रयासलाई अरुले पनि उदाहरणको रुपमा लिनु पर्ने बताए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत एके आह्लुवालीले आफ्नो देशको संस्कृति र पर्यटनको सम्बद्र्धन गर्नु हरेक संस्थाको कर्तब्य रहेको र संस्थागत सामाजिक उत्तरदायित्वमा सदैव संवेदनशिल रहेको यस बैंकले भविश्यमा पनि यस्तो प्रयास जारी राख्ने बताए । उक्त कार्यक्रममा मन्त्रालयका बरिष्ठ अधिकारी तथा बैंकको उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिती थियो ।

एभरेष्ट बैंकले हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटीएम तथा बृहत बाह्य संजाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL