Logo

सेञ्चुरी बैंक र एस रेमिटबीच सम्झौता, एक अर्काबाट रेमिट्यान्स भुक्तानी सेवा

सेञ्चुरी बैंक र एस रेमिटबीच सम्झौता, एक अर्काबाट रेमिट्यान्स भुक्तानी सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र एस रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिटको भुक्तानी लिन सकिनेछ भने एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट सेञ्चुरी रेमिटको भुक्तानी लिन सकिने छ ।

बैंकले चालू आवको पुस मसान्तसम्ममा २४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । सो अवधिमा १६ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र २ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL