Logo

एनएमबी बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज पाइने

एनएमबी बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज पाइने



काठमाडौं । एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सर्वाधिक ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरेर घोषणा गरिएको बैंकको भनाइ छ।

बैंकका अनुसार यो खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराइनेछ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL