Logo

८६औं वार्षिकोत्सवको अवसरमा नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

८६औं वार्षिकोत्सवको अवसरमा नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको धर्मपथस्थित प्रधान कार्यालयमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरिन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरे ।

उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेड कात्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्त्वमा आफ्नो भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर खुला रक्तदान कार्यक्रम आयोजन गर्दै आइरहेको छ ।

बैंकले नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL