Logo

एसबिआईलाई औद्योगिक शान्ति पुरस्कार, स्वच्छ औद्योगिक सम्वन्धको मूल्यांकन

एसबिआईलाई औद्योगिक शान्ति पुरस्कार, स्वच्छ औद्योगिक सम्वन्धको मूल्यांकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक ‘औद्योगिक शान्ति पुरस्कार २०७२’ बाट सम्मानित भएको छ । स्वच्छ औद्योगिक सम्बन्ध एवं मानव संसाधन (एचआर) अभ्यास र व्यवस्थापन सुधारको स्तर मुल्यांकनका आधारमा निजी तथा सार्वजनिक संस्थाहरुलाई छुट्टा छुट्टै रुपमा उक्त पुरस्कार वितरण गरिएको हो ।

शुक्रवार एक कार्यक्रमवीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले शीर्ष स्थान हासिल गर्ने निजी क्षेत्रतर्फ नेपाल एसबिआई बैंक र सार्वजानिक क्षेत्रतर्फ कर्मचारी संचय कोषको व्यवस्थापन तथा युनियनलाई सो पुरस्कार प्रदान गरे ।

नेपाल राष्ट्र बैंकलगायत वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको छाता संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले आफ्नो २५ औं वार्षिक उत्सवको आवसरमा उक्त सम्मान कार्यक्रम आयोजना गरको हो । सो अवसरमा स्वच्छ औद्योगिक सम्बन्ध, औद्योगिक अभ्यास एवं संरचना, कर्मचारी व्यवस्थापन लगायतका विषयवस्तुहरु र अन्य बस्तुनिष्ठ मापदण्डहरुसँग सम्बन्धित विगत ३÷४ वर्षको तथ्याङ्ककलाई आधार मानी विजेता छनौट गरिएको थियो ।

समारोहमा गर्भनर डा. नेपालले बैंकले हासिल गरेको सफलताका लागि बैंक व्यवस्थापन तथा बैंकको युनियन तथा श्रम सम्बन्ध समितिलाई हार्दिक बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL