काठमाडौं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा बैंकले खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकि थिईन् । यस्तै कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १ सय ५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक यहि २०७९ कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ ।
सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको छ ।
बैंकले नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।