काठमाडौं । लक्ष्मी बैंकले सेभ लाइक अ च्याम्पियन (बचत गरौं, च्याम्पियन बनौं) योजना सार्वजनिक गर्ने भएको छ । बैंकले विश्वकप फुटबलमा गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ उक्त नयाँ योजना सार्वजनिक गर्न लागेको हो ।
उक्त अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गन बैंकले जानकारी दिएको छ ।
अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बेैकिंङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ । बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।