Logo

लमजुङमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु, सेवाग्राहीलाई सहज

लमजुङमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु, सेवाग्राहीलाई सहज



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लमजुङमा आफ्नो विस्तारित शाखा सेवा संचालनमा ल्याएको छ । सेवागा्रहिको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै बैंकले आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजारमा संचालनमा ल्याएको हो ।

लमजुङमा कार्तिक २७ गते देखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।

सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL