Logo

सिटिजन्स बैंकको ‘सिटिजन्स साथी’ सेवा सुरु, अब च्याट गरेरै सेवाबारे जानकारी लिन सकिने

सिटिजन्स बैंकको ‘सिटिजन्स साथी’ सेवा सुरु, अब च्याट गरेरै सेवाबारे जानकारी लिन सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले च्याटबट सेवा ‘सिटिजन्स साथि’को सरुवात गरेको छ । कम्पनीले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने कार्य अन्तर्गत ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याट गर्न मिल्ने च्याटबट सेवाको सुरुवात गरेको हो ।
नवीनतम सेवामार्फत अब ग्राहकहरुले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा ( सिटिजन्स साथि द्वारा गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले बैंकिङ सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । उक्त सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहक महानुभावहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL